sevenstartv.com ९ असार २०८३, मङ्गलवार

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

९ असार २०८३, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्यमा गिरावट आएको छ । सोमबारको तुलनामा आज सुनको मूल्य प्रतितोला १६ सय रुपैयाँले गिरावट आएको हो ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला दुई लाख ८८ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज १६ सय रुपैयाँले घटेर दुई लाख ८७ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य १४० रुपैयाँले घटेर प्रतितोला ४५९० रुपैयाँमा कारोबार भईरहेको छ । प्रति १० ग्राम छापावाला सुनको मूल्य दुई लाख ४६ हजार १ सय ४० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ३९३५ रुपैयाँ कायम भएको छ ।