sevenstartv.com ११ चैत २०८२, बुधवार

नारायणगढ मुग्लिन सडकखण्डका ४३ ठाउँ पहिरोको जोखिममा

४ चैत २०८२, बुधवार स्टार संवाददाता

काठमाडौं । नारायणगढ मुग्लिन सडकखण्डका ४३ ठाउँ पहिरोको जोखिममा छन । सडक डिभिजन कार्यालय भरतपुरले गरेको अध्ययन अनुसार आठ ठाउँ उच्च जोखिममा, २२ ठाउँ जोखिममा र १३ ठाउँ सामान्य जोखिमको अवस्थामा रहेका छन । कार्यालयले गरेको अध्ययनअनुसार उच्च जोखिम भनिएको तुइन खोला अति उच्च जोखिम रहेको छ । 

कार्यालयका इन्जिनियर अर्जुन घिमिरेका अनुसार तुइनसँगै काली र नाम्सी खोला उच्च जोखिममा छन् । यस्तै तुइन खोलाबाट चिसेन्जीको बीचको भाग, चार किलोको दुई ठाउँ, मौरी खोला र सेती दोभान पहिरोको उच्च जोखिममा रहेका उनले जानकारी दिनुभयो । गत वर्षदेखि ती ठाउँमा पहिरोको जोखिम थियो । 

कार्यालयका प्रमुख नारायण लामिछानेका अनुसार तुइन, काली र नाम्सी खोलामा पहिरो रोकथाम गर्न खरिद गुरुयोजना स्वीकृतिका लागि माघ २३ गते सडक विभाग पठाइसकिएको छ ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्