सामाजिक सञ्जालमा किशोरीको चरित्र हत्या गरेको अभियोगमा एक युवक पक्राउ
काठमाडौं । सामाजिक सञ्जालमा किशोरीको चरित्र हत्या गरेको अभियोगमा काठमाडौँबाट २२ वर्षीय एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा काठमाडौँ बस्दै आएका काभ्रेको नमोबुद्ध नगरपालिका ८ दारीमबोट घर भएका २२ वर्षीय अशोक लामा रहेका प्रहरीले जनाएको छ । किशोरीको अन्तरङ्ग तस्बिर तथा भिडियो टेलिग्राम एकाउन्टबाट प्रसारण भइरहेको उजुरीको आधारमा साइबर ब्यूरोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
उनी उपर विद्युतीय (इलेक्ट्रोनिक) कारोवार ऐन, २०६३ अन्तर्गतको कसुरमा कारबाही हुने प्रहरीले जनाएको छ । उनलाई जिल्ला अदालत काठमाडौँबाट ५ दिन म्याद थप गरेर प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
