sevenstartv.com ७ असार २०८३, आइतवार

काठमाडौंमा वल्ड स्केट र्याली सम्पन्न

७ असार २०८३, आइतवार स्टार संवाददाता

काठमाडौं । आज जुन २१ अर्थात असार ७ अन्तराष्ट्रिय ओलम्पिक दिवस तथा विश्व स्केट दिवस भब्यताका साथ सम्पन्न भएको छ ।

नेपाल स्केटिङ्ग खेलको लागि  नेपाल स्केटिङ्ग तथा स्केटबोर्डिङ्ग एसोसिएसनको आयोजनामा खेलाडीहरु तथा अफिसियलहरुले नेपाली संस्कृति झल्कने राष्ट्रिय पोशाक लगाई स्केटबोर्डिङ्गमा दौडिएर मनाएका हुन् ।

धुम्बाराही चोकबाट सूरु भएको र्याली महाराजगंज चोकमा पुगि विसर्जन भएको थियो । र्यालीको उद्घाटन नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष अशोेक रत्न बज्राचार्यले गर्नुभएको थियो ।

कार्यक्रममा प्रमुख प्रशिक्षक दिलिप राज बराल एसोसियसनका उपाध्यक्ष जाग्रत पहाडी तथा महासचिव सत्य थापाले मन्तव्य राख्नुभएको थियो ।

स्केटिङ्ग खेलको लागि नेपालमा नेपाल स्केटिङ्ग तथा स्केटबोर्डिङ्ग एसोसिएसनले विभिन्न खेल तथा प्रशिक्षणहरु सञ्चालन गर्दै आएको छ ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्