sevenstartv.com ३ असार २०८३, बुधवार

मेची राजमार्गमा पुनः पहिरो खस्दा सडक अवरुद्ध

१६ चैत २०८२, सोमवार स्टार संवाददाता

काठमाडौं । पहिरो पन्छाएर सोमबार रातिदेखि एकतर्फी रूपमा सञ्चालन भएको मेची राजमार्गमा आज बिहानदेखि पुनः पहिरो खसेसँगै अबरुद्ध भएको छ ।

यसअघिको पहिरो पन्छाएर एकतर्फी सञ्चालनमा आएको सडकमा बिहानै फेरि पहिरो खसेपछि यातायात सेवा प्रभावित भएको हो । जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार आज बिहान खसेको पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । 

उनका अवरुद्ध सडक खुलाउन प्रयास जारी रहेको छ । इलामको रोङ गाउँपालिका ४ बागखोरस्थित सडक मर्मत भइरहेको स्थानमा माथिबाट ढुङ्गासहितको सुक्खा पहिरो खसेको हो । सोही क्रममा इलामबाट झापातर्फ आउँदै गरेको प्रदेश १-०१-००१ ख ४३३४ नम्बरको गोलिया बोकेको ट्रक पुरिएको प्रहरीले जनाएको छ ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्