sevenstartv.com ९ चैत २०८२, सोमवार

मुग्लिङ-नारायणगढ सडकखण्डको घुमाउनेमा बस दुर्घटना : १० जना घाइते

९ भदौ २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । मुग्लिङ-नारायणगढ सडकखण्डको घुमाउनेमा बस दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।

महेन्द्रनगरबाट काठमाडौं आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०२-००१ ख १३३२ नम्बरको बस आज बिहान भरतपुर महानगरपालिका वडा नम्बर २९ घुमाउने भन्ने स्थानमा दुर्घटना भएको हो ।

बस आफैं अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । सडक किनारमा लगाइएको बारले छेकेकाले बस त्रिशूली नदीमा खस्नबाट जोगिएको छ ।

दुर्घटनामा १० जना घाइते भएका र उनीहरुलाई उपचारका लागि भरतपुर ल्याइएको प्रहरीले बताएकाने छ । 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्