sevenstartv.com ९ चैत २०८२, सोमवार

पोखरामा स्कुल बस दुर्घटना : एक जना घाइते

७ भदौ २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडौं । पोखरामा स्कुल बस दुर्घटना हुँदा एक जना घाइते भएका छन् ।

आज दिउँसो पोखरा महानगरपालिका-१७ को घारीपाटन चोकमा स्कुल बस अनियन्त्रित भई दुर्घटना हुँदा बस चालक पोखरा ९ बस्ने ५४ वर्षीय दलबहादुर गुरुङ घाइते भएका हुन् । 

पोखरा ८ मा रहेको न्यू मोडल सेकेन्डरी स्कुलको ग १ क ४६६१ नम्बरको बस रोडबाट तल रोकिराखेका ट्याक्सीमाथि खसेको थियो । प्रहरीका अनुसार दिउँसो ३ बजेतिर अनियन्त्रित बनेको बसले मोडमा तीन ट्याक्सीलाई ठक्कर दिएको थियो ।

बसले ठक्कर दिँदा ग १ ज २९३४, ग १ ज २२४१ र ग १ ज ४१८० नम्बरको ट्याक्सीमा क्षति भएको छ । विद्यालय बन्द भएपछि विद्यार्थी लिएर आएको बस दुर्घटना भए पनि विद्यार्थीहरू भने सकुशल रहेका प्रहरीले जनाएको छ ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्