तनुहँको मर्स्याङ्दीमा बस दुर्घटना
काठमाडौं । तनुहँको आँबुखैरेनी नजिक मर्स्याङ्दी नदीमा बस खसेर दुर्घटना भएको छ ।
केहीबेर अघि ऐनापहरामा भएको बस दुर्घटनामा सशस्त्र प्रहरी बल नेपाल विपद व्यवस्थापन तालिम शिक्षालयबाट एसएसपी माधव पौडेलको कमान्डमा ४५ जनाको फौजले तीव्र रूपमा उद्दार गरिरहेको हो । गोताखोरसहितको टोलीसमेत खोजी र उद्धार कार्यमा पुगिसकेको छ ।
दुर्घटनास्थल अप्ठ्यारो भीर र तल नदी बगिरहेको कारण उद्दारका लागि डोरीको सहायताले नदी किनारमा पुग्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ । घाइते र हताहतीको संख्या यकिन हुन बाँकी छ ।
