मकवानपुरमा ग्यास बुलेटले कारलाई ठक्कर दिँदा ३ जना घाइते
काठमाडौं । मकवानपुरमा ग्यास बुलेटले कारलाई ठक्कर दिँदा ३ जना गम्भिर घाइते भएका छन् ।
कार चालक जिल्ला स्याङ्जा अर्जुनचौपारी नगरपालिका–१का ३३ वर्षीय चुडाबहादुर बिष्ट, कास्की पोखरा महानगरपालिका-११ का ६३ वर्षीया पुरण श्रेष्ठ, लमजुङ बेंसीसहर नगरपालिका-८ का १७ वर्षीया नेहा राना मगर घाइते भएका हुन् ।
पूर्व-पश्चिम सडक खण्डमा पथलैयाबाट हेटौंडातर्फ आउँदै गरेको भारतीय ग्यास बुलेटले हेटौंडाबाट रातोमाटेतर्फ जाँदै गरेको ग ३ च ८४४९ नम्बरको कारलाई ठक्कर दिँदा कारमा सवार तीन जना घाइते भएको प्रहरीले बताएकाे छ ।
उनीहरूलाई उपचारका लागि हेटौंडास्थित सन्चो अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
