दाङमा जीप दुर्घटना हुँदा एकको मृत्यु
काठमाडौं । दाङमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
दुर्घटनामा घाइते भएका सल्यानको त्रिवेणी गाउँपालिका वडा नं-३, टोड्केका ४६ वर्षीय यमबहादुर केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
तुलसीपुरबाट सल्यान तर्फ जाँदै गरेको रा १ ज ७७० नम्बरको जीप आइतबार साँझ शान्तिनगर गाउँपालिका वडा नं १ हाँडिचारमा दुर्घटना भएको थियो ।
दुर्घटनामा परि सातजना घाइते भएका थिए । घाइते ६ जनामध्ये गम्भीर अवस्थाका दुई जनालाई उपचारको लागि नेपालगञ्ज लगिएको छ । उनीहरूको नेपालगञ्ज नर्सिङ होममा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
सामान्य घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।
