सुनवलमा कोदालो प्रहार गरी बुबा र छिमेकीको हत्या

बुटवल । नवलपरासीको सुनवलमा एक युवकले कोदालो प्रहार गरी बुबा र छिमेकीको हत्या गरेका छन् ।
सुनवल नगरपालिका–२, अवरैयामा २७ वर्षीय हेमराज थारुले आफ्नै बुबा ५० वर्षीय जयराम थारू र ७० वर्षीय छिमेकी नाथु धरिकारलाई कोदालो प्रहार गरी हत्या गरेका हुन् ।
हेमराजले बुबा जयराम थारूको घाँटीमा कोदालो प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । हेमराजले त्यसपछि छिमेकी नाथु धरिकारलाई पनि टाउको र घाँटीमा प्रहार गरेको अनुसन्धानबाट खुलेको प्रहरी निरीक्षक सन्तोष पौडेलले जानकारी दिनुभएको छ।