sevenstartv.com २४ साउन २०८३, आइतवार

चक्कु प्रहार गरी हत्या गर्ने प्रकाउ

२४ साउन २०८३, आइतवार स्टार संवाददाता

सोलुखुम्बु । सोलुखुम्बु जिल्ला, सोलुदुधकुण्ड नगरपालिका ११ गन्जेडाँडाका ४६ वर्षीय तोईबहादुर कटवाललाई चक्कु प्रहार गरी हत्या गर्ने व्यक्ति प्रकाउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले घरमै मृत अवस्थामा फेला परेका कटवालसँग सम्बन्धित घटनाको अनुसन्धान गर्ने क्रममा सोही स्थानका १९ वर्षीय रोशन भुवनसिंह कार्कीलाई पिक्राउ गरेको हो ।

प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानका क्रममा कार्कीले मदिरा सेवनपछि कटवालसँग विवाद हुँदा रिसको आवेगमा चक्कु प्रहार गरी हत्या गरेको हत्या गर्ने स्यंम उनैले स्वीकार गरेका छन ।

घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट प्रहरी नायब उपरीक्षकको कमाण्डमा टोली घटनास्थलमा खटिएको थियो । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार घटनासम्बन्धमा थप अनुसन्धान भइरहेको छ जनाइएको छ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्

यो पनि पढ्नुहोस्