sevenstartv.com ३० भदौ २०८३, मङ्गलवार

क्यासिनोबाट जुवातास खेल्ने खेलाउने कार्यमा संलग्न ११ जना पक्राउ

३० भदौ २०८३, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गराई जुवा तास खेल्ने खेलाउने कार्यमा संलग्न ११ जना पक्राउ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको संयुक्त प्रहरी टोलीले गरुड क्यासिनो भित्र नेपाली नागरिक प्रवेश गराई जुवा तास खेलाई रहेको भन्ने सूचनाको आधारमा पक्राउ गरेको हो ।

भाद्र ३० गते अन्दाजी ०२ः०० बजेको समयमा उक्त क्यासिनोमा गई चेकजाँच गर्दा नेपाली नागरिक प्रवेश गराई क्वाइनमा नगद सटही गरी हारजित हुने गरी जुवा तास खेलिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुबाट मोबाइल थान ९, नगद सटही गर्नप्रयोग हुने क्वाईन रु ५०,०००, पचास हजार लेखिएको क्वाइन थान ८, रु १०,००० दश हजार लेखिएको क्वाइन थान १९, १००० लेखिएको क्वाइन थान ८८, रु १०० लेखिएको क्वाइन थान ५ र नेपाली नगद रु १०,८५,६००(दश लाख पचासी हजार छ सय मात्र ) सहित मानिसहरूलाई फेला पारी नियन्त्रणमा लिई जुवा सम्बन्धी कसूरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट दिन २ (दुई) को म्याद थप अनुमति लिइ अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्