sevenstartv.com २८ साउन २०८३, बिहिवार

चक्कु प्रहारबाट साथीको हत्या

२७ साउन २०८३, बुधवार स्टार संवाददाता

बागलुङको काठेखोला गाउँपालिका–३, धम्जामा चक्कु प्रहारबाट एक मजदुर युवाको हत्या भएको छ । धम्जाको माझकटेरामा श्रमिकका रूपमा बस्दै आएका ढोरपाटन नगरपालिका–७ का ४० वर्षीय अशोक खत्रीको हत्या भएको हो ।

मजदुरीका लागि सँगै आएका साथी ढोरपाटन नगरपालिका–५ का २५ वर्षीय अर्जुन घर्तीले आपसी विवादका क्रममा खत्रीलाई चक्कु प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी रामेश्वर त्वातीले जानकारी दिनुभयो ।

खत्रीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुवै जना स्थानीय निर्मल आधारभूत विद्यालयको भवन निर्माणमा मजदुरी गर्दै आएका थिए ।

घटनापछि प्रहरीले हत्यामा संलग्न घर्तीलाई पक्राउ गरेको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्