प्रधानमन्त्री ओली र अमेरिकी उपविदेशमन्त्रीबीच भेटवार्ता
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र अमेरिकी उपविदेशमन्त्री रिचार्ड वर्माबीच भेटवार्ता भएको छ ।
शुक्रबार प्रधानमन्त्री ओली र उपविदेशमन्त्री वर्माबीच भेटवार्ता भएको हो । भेटवार्ताका क्रममा उनीहरुबीच नेपाल र अमेरिकाबीचको पारस्परिक सम्बन्ध र द्धिपक्षीय हितका विषयमा छलफल भएको बताइएको छ ।
उनले आजै परराष्ट्रमन्त्री आरजु राणा देउवा लगायतसहित उच्चस्तरीय भेटघाट गर्ने कार्यक्रम रहेको तय भएको छ । उपविदेशमन्त्री रिचार्ड शुक्रबार बिहान काठमाडौँ आइपुगेका हुन् ।
उप विदेशमन्त्री वर्माले आफ्नो नेपाल भ्रमणको क्रममा नेपाल सरकारका नेतृत्वकर्ताहरू, युएसएआइडी नेपालका कार्यक्रम कार्यान्वयन साझेदारहरू, चिया विज्ञहरू तथा नेपाली व्यवसायीहरूसँग भेटघाट गर्ने नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ ।
उनी आज दिन भर भेटघाट गर्ने र भोली बिहानै भारत जाने कार्यक्रम रहेको छ ।
