sevenstartv.com २० वैशाख २०८३, आइतवार

एसियाली विकास बैंकले प्रस्तुत गर्यो नेपालका लागि चार वर्षे रणनीतिक कार्ययोजना

निजी क्षेत्रको नेतृत्वमा रोजगारीमूलक हरित आर्थिक रूपान्तरण प्रवद्र्धन प्राथमिकतामा

२१ फागुन २०८१, बुधवार स्टार संवाददाता

काठमाडौं । एसियाली विकास बैंक (एडीबी) ले नेपालका लागि सन् २०२५–२०२९ सम्मको चार वर्षे रणनीतिक कार्यायोजन प्रस्तुत गरेको छ ।

अमेरिकन चेम्बर अफ कमर्स (एमच्याम) नेपालले काठमाडौंमा आयोजना गरेको १५औं सदस्य प्रशिक्षण कार्यक्रममा एडीबीका देशीय सञ्चालन प्रमुख अर्नोड हेकम्यानले समावेशी, हरित र रोजगारमूलक आर्थिक वृद्धिसम्बन्धी तीन वटा रणनीतिक कार्ययोजना प्रस्तुत गरेको एमच्यामले जनाएको छ । 

उक्त रणनीतिक कार्ययोजनामा निजी क्षेत्रको नेतृत्वमा रोजगारीमूलक हरित आर्थिक रूपान्तरण प्रवद्र्धन, समावेशी र गुणस्तरीय मानव पुँजी विकास तथा सार्वजनिक सेवा प्रवद्र्धन र वातावरणीय दिगोपन तथा जलवायु सशनशीलता अभिवृद्धि रहेको एमच्याम नेपालका महाप्रबन्धक अमिर आर थापाले जानकारी दिए ।

हाल नेपालमा एडीबीले विभिन्न ३२ परियोजना सञ्चालन गरिरहेको छ । जसमा कुल ४ अर्ब ३० करोड अमेरिकी डलर बराबर लगानी भएको छ । ती परियोजना मार्फत निजी क्षेत्रको विकास, कृषि, शिक्षा, ऊर्जा, वित्त, उद्योग तथा व्यापार, सार्वजनिक क्षेत्र व्यवस्थापन, यातायात, सहरी विकासजस्ता क्षेत्रमा काम भइरहेको एडीबीको भनाइ छ ।

सोही अवसरमा एडीबीका नेपालस्थित आवासीय निर्देशक अर्नोड काउचोइसले एडीबीको नेपालमा गरिरहेका गतिविधिबारे जानकारी गराउनुभएको थियो । 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्