sevenstartv.com २० वैशाख २०८३, आइतवार

आगामी आर्थिक वर्षको बजेट १९ खर्बको हुने

७ फागुन २०८१, बुधवार स्टार संवाददाता

काठमाडौं । राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब रुपैयाँ हाराहारीको बजेट सीमा निर्धारण गरेको छ । अर्थ मन्त्रालयलाई मंगलबार राष्ट्रिय स्रोतको प्रारम्भिक प्रतिवेदन-२०८१ पेश गर्दै आयोगले सो बराबरको बजेट सीमा तोकेको हो । 

अध्यादेशमार्फत संशोधन गरिएको आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनमा आयोगले फागुनको पहिलो साताभित्र स्रोतको अनुमान तथा खर्चको सीमा निर्धारण गरेर अर्थ मन्त्रालयमा पेश गर्नुपर्ने व्यवस्था छ । 

गत असोजमा आएको बाढीले अर्थतन्त्रमा पुर्‍याएको क्षति र त्यसको पुनर्निर्माणका लागि स्रोतको आधार पहिचान गर्ने, माग बढाउने उपायलाई पनि सम्बोधन गरेर प्रतिवेदन तयार गरेको आयोगले जनाएको छ । १६ औँ योजनाले लिएका लक्ष्यको कार्यान्वयनलाई केन्द्रित गरेर स्रोत र खर्चको सीमा निर्धारण गरिएको पनि आयोगले बताएको छ। 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्