sevenstartv.com ५ असार २०८३, शुक्रवार

कुमारी बैंक र सूर्यविनायक मिसन हस्पिटलबीच छुट सम्झौता

५ फागुन २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं । कुमारी बैंक लिमिटेड र भक्तपुरस्थित सूर्यविनायक-१०, मिलनचोकमा रहेको मिसन हस्पिटल प्रालिबीच बैंकका ग्राहकलाई हस्पिटलबाट प्रदान गरिने सेवामा छुट दिने सम्झौता भएको छ ।

यस सम्झौता बमोजिम सूर्यविनायक मिसन हस्पिटलबाट प्रदान गरिँदै आएका सेवामा ग्राहकलाई प्रयोगशाला परीक्षण, एक्स-रे, यूसीजी तथा औपीडी टिकटमा २० प्रतिशत छुट र औषधिमा १०प्रतिशत छुट दिने भएको हो ।