sevenstartv.com ९ चैत २०८२, सोमवार

भारी वर्षाको उच्च जोखिम रहेका ३४ जिल्लामा दुई दिन रात्रिकालीन बस नचल्ने

२२ साउन २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । भारी वर्षाको उच्च जोखिम रहेका ३४ जिल्लामा दुई दिन रात्रिकालीन बस नचल्ने भएको छन् ।

राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मंगलबार र भोलि बुधबार भारीदेखि अति भारी वर्षा हुनसक्ने चेतावनीका बीच सम्भावित क्षति रोक्न उच्च जोखिमको सूचीमा रहेका जिल्लामा रात्रिकालीन बस नचलाउन भनेको हो ।

रातको समयमा यात्रा गर्दा बाटोमा आउन सक्ने बाढी र पहिरोको आँकलन गर्न कठिन हुने भएकाले सम्भावित क्षति रोक्न यस्तो निर्णय भएको प्राधिकरणले स्पष्ट पारेको छ ।

 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्