प्रलोपाबाट किरातीले दिए राजीनामा
काठमाडौं । प्रगतिशील लोकतान्त्रि पार्टी (प्रलोपा) अध्यक्ष परिषदबाट सुदन किरातीले राजीनामा दिएका छन् ।
गत मंसिर ७ गते गठन भएको पार्टीको अध्यक्ष परिषदमा दुर्गा सोव, सुदन किराती, सन्तोष परियार, अशोक जैसवाल, ओजस्वी भट्टराई थिए ।किरातीले केही दिनअघि राजीनामा दिएको बताइएको छ । यसबारे विस्तृत जानकारी विज्ञप्तिमार्फत् दिइने छ ।
किरातीको राजीनामापछि अध्यक्ष परिषदको बैठक बुधबार राति अबेरसम्म बसेको थियो। त्यसको निर्णयको जानकारीसहितको विज्ञप्ति सार्वजनिक गरिने छ ।
