sevenstartv.com २० वैशाख २०८३, आइतवार

एमबिबिएस प्रवेश परीक्षाको नतिजामा त्रुटी गरेर विद्यार्थीको भविष्यलाई धरापमा पार्न खोजिएको भन्दै सरकारको ध्यानाकर्षण

१८ भदौ २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद् देवेन्द्र पौडेलले एमबिबिएस प्रवेश परीक्षाको नतिजामा त्रुटी गरेर विद्यार्थीको भविष्यलाई धरापमा पार्न खोजिएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । 

आज प्रतिनिधिसभाको बैठकमा उनले चिकित्सा शिक्षा आयोगले लिएको एमबिबिएस प्रवेश परीक्षाको नतिजा सार्वजनिक गर्दा समान अंक प्राप्त गर्ने विद्यार्थीको योग्यताक्रम टाइब्रेकको आधारमा कायम गर्नुपर्ने भएपनि रोल नम्बरका आधारमा गरिएको बताएका हुन् । 

उनले चिकित्सा शिक्षा आयोग कार्यकारी समिति र एकीकृत प्रवेश परीक्षा समितिले गम्भिर प्रकृतिको गल्ती गरेका बताए । उनले आयोगले ३ हजार विद्यार्थीको नतिजा भद्रगोल गरेको बताएका छन् । उनले नतिजा पारदर्शी बनाउन आग्रह गरे । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्