sevenstartv.com २० वैशाख २०८३, आइतवार

'अहिलेको परिवर्तन माओवादीको बन्दुकले मात्रै आएको होइन'

१८ भदौ २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य आनन्दप्रसाद ढुंगानाले नेकपा माओवादी केन्द्रले उठाएको बन्दुकबाट गणतन्त्र नआएको बताएका छन् ।

आज राष्ट्रिय सभा बैठकमा उनले साँच्चै नै तपाईंले उठाएका बन्दुकहरुबाट यो परिवर्तन भएको हो र ? भन्दै माओवादी सांसलाई प्रश्न गरेका हुन् । उनले बन्दुक फालेर शान्तिपूर्ण आन्दोलनमा आइसकेपछि मात्रै देशमा गणतन्त्र आएको बताए ।

उनले शान्तिपूर्ण आन्दोलनले नै देशमा गणतन्त्र आएको बताएका छन् । उनले कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोईरालाको सुझबुझपूर्ण कार्यले नै सबै राजनीतिक दलहरु एक भएपछि देशमा परिवर्तन आएको बताए । 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्