टानको अध्यक्षमा सागर पाण्डे विजयी
काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को अध्यक्षमा सागर पाण्डे विजयी भएका छन् । प्रत्यासी राजेन्द्र सापकोटालाई पराजित गर्दै पाण्डे विजयी भएका हुन् ।
पाण्डेले ५८० मत पाउँदा सापकोटाले ४८० मत हात पारे गरे । महसचिवममा पाण्डे समूहकै सोनाम ग्यल्जेन शेर्पा विजयी भएका छन् । उनले सापकोटा समूहका राजेन्द्रप्रसाद सुवेदीलाई हराए । चोलेन्द्र कार्कीलाई पराजित गर्दै कर्मा शेर्पा वरिष्ठ उपाध्यक्षमा विजयी भए । प्रथम उपाध्यक्षमा विष्णुप्रसाद लम्सालर द्वितीय उपाध्यक्षमा सनम शेर्पा विजयी भए ।
सचिवमा रिञ्जी जाङबु शेर्पा र कोषाध्यक्षमा गौतमराज वाग्ले विजयी भए। सहकोषाध्यक्षमा लाक्पा तेम्बा शेर्पा चय भए । पवित्रा तामाङ अम्बिर बहादुर गुरुङ, विनोद तामाङ, होमबहादुर विश्वकर्मा, फुर्पु छिरिङ ल्होमी ९भोटे० सदस्य पदमा निर्वाचित भएका छन् ।
