sevenstartv.com २० वैशाख २०८३, आइतवार

एमालेको पोलिटब्युरो बैठक आजदेखि

१८ भदौ २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । नेकपा एमालेको पोलिटब्युरो बैठक आजदेखि सुरु हुँदैछ । 

बिहीबार बसेको पार्टीको सचिवालय बैठक निर्णय अनुसार बैठक आज र भोलिलाई बोलाइको हो । बैठक दिउँसो १ बजे ललितपुर च्यासलस्थित केन्द्रीय कार्यालयमा बस्ने छ । 

दुई चल्ने चल्ने बैठकमा केन्द्रीय सचिवालयले तयार पारेको २०८४ सालसम्मको पार्टी कामको योजनाबारे विस्तृत छलफल हुने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए । उनका अनुसार कार्ययोजनामा बाँकी रहेका जिल्ला अधिवेशन, पालिका र वडा तहका अधिवेशन, सदस्यता र संगठन विस्तार अभियान समेटिएका छन् ।

एमालेले बाँकी रहेका ११ वटा र एउटा विशेष जिल्ला अधिवेशन कात्तिक मसान्तभित्र गरिसक्न निर्देशन दिएको छ । सदस्यता नवीकरण उत्साहजनक नभएको भन्दै यसलाई अभियानकै रूपमा लैजाने एमालेको तयारी छ । 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्