sevenstartv.com २० वैशाख २०८३, आइतवार

तीन संसदीय समितिको बैठक बस्दै

१८ भदौ २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । संघीय संसदका तीनवटा समितिको बैठक आज बस्ने भएको छ ।

अर्थ समितिको बैठक बिहान १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा बैङ्किङ कसूर तथा सजाय ९दोस्रो संशोधन० विधेयक, २०८० माथि संशोधनकर्तासँग छलफल गर्ने कार्यसूची रहेको छ ।

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक पनि बिहान १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा परराष्ट्र मन्त्री आरजु राणा देउवाबाट हालै सम्पन्न भारत भ्रमण र राजदूत नियुक्ति सम्बन्धमा छलफल हुनेछ ।

संसदीय सुनुवाइ समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा विभिन्न देशका लागि प्रस्तावित नेपाली राजदूतहरूको सुनुवाइ हुनेछ ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्