sevenstartv.com २० वैशाख २०८३, आइतवार

विधायन व्यवस्थापन गर्न बनेको विधेयकको सम्बन्धमा दफावार छलफल सकियो

१७ भदौ २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं । विधायन व्यवस्थापन गर्न बनेको विधेयकको सम्बन्धमा कानून समितिमा दफावार छलफल सकिएको छ ।

कानून, न्याय तथा मानव अधिकार समिति सभापति विमला सुवेदीले दफावार छलफल सकिएको र छलफलका आधारमा कानून मन्त्रालयसँग समन्वय गरी समितिको मस्यौदा प्रतिवेदन तयार पार्ने जानकारी दिए ।

समितिको अब बस्ने बैठकमा मस्यौदा प्रस्तुत गरी छलफल हुने र समितिले पारित गर्नेछ । समितिको बैठकमा बोल्दै कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले विधायन व्यवस्थापन गर्न बनेको विधेयकले विधायन सम्बन्धी कानून बनाउने कुरालाई व्यवस्थित गर्ने बताए ।

उनले विधायनले कानून बनाउने कार्यलाई पारदर्शी, सरोकारवालासँग पारदर्शी ढंगले अनुसन्धान र मूल्यांकन गरेर अन्य लोकतान्त्रिक देशहरुमा भएको व्यवस्था अनुसार व्यवस्थित गर्ने बताए । 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्