sevenstartv.com २० वैशाख २०८३, आइतवार

भौतिकबाट वन मन्त्रालयमा सरुवा भएका मनाङेले दिए राजीनामा

१७ भदौ २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं । गण्डकी प्रदेश सरकारमा सोमबार गरिएको मन्त्रालय बाँडफाँडमा स्वतन्त्र सांसदसमेत रहेका राजीव गुरुङ ‘दीपक मनाङे’ले राजीनामा दिएका छन् ।

आइतबारसम्म भौतिक मन्त्रालय सम्हालिरहेका उनलाई सोमबारदेखि वन मन्त्रालयमा सरुवा गरिएको थियो । नेकपा एमालेलाई सरकारमा सामेल गराउन मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मनाङेलाई वन मन्त्रालयमा पठाएका थिए । 

तर उनले त्यसमा असन्तुष्टि जनाउँदै राजीनामा दिएका हुन् । मनाङेले सम्हाल्दै आएको भौतिक मन्त्रालय एमालेका प्रकाशबहादुर केसीले पाएका छन् । आइतबार दुई मन्त्रालय फुटाएका मुख्यमन्त्री पाण्डेले सोमबार मन्त्रिपरिषद विस्तार गरी ९ सदस्यीय बनाएका थिए । 

तर यस्तोमा मनाङले भौतिकबाट वनतिर सरुवा गरिएपछि राजीनामा दिएका हुन् ।  

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्