गण्डकी सरकारमा एमाले प्रवेश, चार मन्त्रीले लिए शपथ
काठमाडौं । गण्डकी प्रदेश सरकारमा एमाले प्रवेश गरेको छ ।
सोमबार ४ जना मन्त्री एमालेबाट नियुक्त भएसँगै गण्डकी सरकारमा एमाले प्रवेश गरेको हो । उनीहरुलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले पद तथा गोपनीयताको शपथ गराएका छन् ।
एमाले केन्द्रीय लेखा आयोग सदस्य पद्मा जिसीको नेतृत्वमा सरकारमा सहभागी भएको हो । जिसी कृषि तथा भूमि व्यवस्थामन्त्री बनेकी छन् । यस्तै, बागलुङका कृष्ण पाठक स्वास्थ्य, पर्वतका मित्रलाल बस्याल उद्योग तथा पर्यटन र कास्कीका प्रकाशबहादुर केसी भौतिक पूर्वाधार विकासमन्त्री बनेका छन् ।
जिसीलाई यसअघि नै सरकारमा सहभागी गराउने तयारी भएको थियो । तर सरकारले पूर्णता नपाउँदै ढलेको थियो ।
