गण्डकीमा अब ९ मन्त्रालय, २ वटा मन्त्रालय फुटाइयो
काठमाडौं । गण्डकी प्रदेशमा मन्त्रालय थपिएको छ ।
यसअघि ७ मन्त्रालय रहेको गण्डकीमा फुटाएर ९ मन्त्रालय पुर्याइएको हो । हाल भएको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय फुटाइएको हो ।
उद्योग तथा पर्यटन र वन तथा वातावरण मन्त्रालय छुट्टाछुट्टै बनाइएको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जानकारी दिए । आज बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रालयको संख्या बढाउने निर्णय गरेको हो ।
मन्त्रालय थपे पनि संगठन संरचना थप गर्नुपर्ने अवस्था नरहेको उनले बताए ।
’
