sevenstartv.com २० वैशाख २०८३, आइतवार

प्रस्तावित राजदूतहरूको सुनुवाइ सुरु

१६ भदौ २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । संसदीय सुनुवाइ समितिले विभिन्न देशका लागि प्रस्तावित राजदूतहरूको सुनुवाइ सुरु गरेको छ । समितिले आजबाट विभिन्न १७ देशका लागि प्रस्तावित राजदूतहरूको सुनुवाइ सुरु गरेको हो ।

आज चीनका लागि प्रस्तावित नेपाली राजदूत कृष्णप्रसाद ओली, डेनमार्कका लागि प्रस्तावित राजदूत सुम्निमा तुलाधरलगाएतसँग समितिले सुनुवाइ गरेको थियो । सो क्रममा प्रस्तावित राजदूतहरूले आ-आफ्नो कार्य योजना प्रस्तुत गरेका थिए । चीनका लागि प्रस्तावित नेपाली राजदूत ओलीले चीन-नेपालबीच भएका सम्झौता कार्यान्वयनमा आफूले पहलकदमी लिने बताएका छन् ।

नेपालका विभिन्न क्षेत्रहरूमा चिनिया लगानी प्रवर्द्धन गर्न पहल गर्ने, नाका खोल्ने र खोलेका नाकालाई व्यवस्थित गर्नका लागि पनि आफूले काम गर्ने उनले बताए । १७ देशका लागि प्रस्तावित राजदूतविरुद्ध समितिमा १० वटा उजुरी परेका छन् ।  यसअघि समिति शुक्रबार उजुरीकर्ताहरुसँग छलफल गरेको थियो ।

समितिले २२ गतेसम्म निरन्तर प्रस्तावित राजदूतको सुनुवाइ गर्ने र भदौ २४ गते र २५ गते छलफल गरी निर्णय गर्ने गरी कार्यपालिका बनाएको छ ।
सरकारले साउन १४ गते विभिन्न १७ देशका लागि राजदूत सिफारिस गरेको थियो । संविधान अनुसार राजदूत पदमा सिफारिस भएकाहरूको संसदीय सुनुवाइ गर्नुपर्ने व्यवस्था छ ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्