sevenstartv.com २० वैशाख २०८३, आइतवार

नेपाल बार एसोसिएसनले आज न्याय परिषद् घेराउ गर्दै

१६ भदौ २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । नेपाल बार एसोसिएसनले आज न्याय परिषद् घेराउ गरेको छ । न्याय परिषद् नियमावलीको पहिलो संशोधन खारेज हुनुपर्ने मागका साथ बारले दिउँसो १ बजे बोलाइएको बैठक अघि विरोधको कार्यक्रम आयोजना गरेको हो ।

पहिलो संशोधन खारेजी विपरित परिषद्को बैठक बोलाइएको भन्दै बारले आन्दोलन गरेको बताइएको छ ।  सर्वोच्च अदालतमा चार जनासहित देशभर ५० बढी न्यायाधीश पद रिक्त छ । वर्तमान सत्ता गठबन्धनले न्यायाधीश नियुक्तिको प्रक्रिया अघि बढाए पनि नेपाल बारले अहिले कार्यान्वयनमा रहेको नियमावलीअनुसार सिफारिस नगर्न भन्दै आएको छ ।

नियमावलीमा गरिएको पहिलो संशोधनले संविधानको उल्लंघन गरेकाले खारेजीको माग बारले गर्दै आएको छ । नेपाल बारले उक्त नियमावलीको संशोधन नेपालको संविधानको धारा १४१ (३) विपरीत रहेको भन्दै यसको आधारमा नियुक्ति हुन नसक्ने दाबी गर्दै आएको छ ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्