sevenstartv.com ९ माघ २०८२, शुक्रवार

इजाजतपत्र हातहतियार प्रहरीमा बुझाउन जिल्ला प्रशासन कार्यालय बागलुङकाे आग्रह

९ माघ २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौं । जिल्ला प्रशासन कार्यालय, बागलुङले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्ष्य गरी इजाजतपत्र हातहतियार प्रहरीमा बुझाउन आग्रह गरेको छ ।

यही माघ २० गतेभित्र जिल्ला प्रहरी कार्यालय, बागलुङ वा मातहतका प्रहरी एकाइमा हातहतियार बुझाउन सार्वजनिक सूचनामार्फत आग्रह गरेको हो । हातहतियार बुझाएको निस्सा अनिवार्य लिन र सोही आधारमा आगामी चैत २० पछि हातहतियार सम्बन्धित व्यक्तिलाई फिर्ता गरिने कार्यालयले जनाएको छ ।

निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यले हतियार धनीसँग भएको इजाजत प्राप्त हातहतियार बुझाउन आग्रह गरिएको सहायक प्रमुख जिल्ला अधिकारी नवराज बरालले बताए । सूचनाको अवेज्ञा गरी हातहतियार नबुझाएमा प्रचलित कानुन बमोजिम कारबाही हुने उनको भनाइ छ ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्