एकैदिन साढे १० हजार रुपैयाँले घट्यो सुन
काठमाडौँ । नेपाली बजारमा सुनको भाउ एकैदिन साढे १० हजार रुपैयाँले बृद्वी भएको छ ।
बिहीबार प्रतितोला २ लाख ९७ हजार २ सयमा कारोवार भएको सुनको मूल्य शुक्रबार भने २ लाख ८६ हजार ७ सय कायम भएको हो ।
आज चाँदी पनि तोलामा ३०५ रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहिबार चाँदी प्रतितोला ४ हजार ९४५ रुपैयाँमा कारोबार भएको थियो । आज प्रतितोला ४ हजार ६४० रुपैयाँमा कायम भएको छ ।
