वर्तमान सत्ता गठबन्धन बनाउन क्याप्टेन थापाको योगदान धेरै छ : सभापति देउवा
नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सत्ता गठबन्धन बनाउन क्याप्टेन रामेश्वर थापाको ठूलो योगदान रहेको बताएका छन् ।
शनिवार काठमाडौंमा क्याप्टेन रामेश्वर थापाद्वारा लिखित एक पुस्तकको विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
कार्यक्रममा बोल्दै सभापति देउवाले क्याप्टेन रामेश्वर थापाले आफू र प्रधानमन्त्री ओलीलाई नजिक ल्याउने काम गरेको बताए ।
उनले क्याप्टेन थापालाई प्रधानमन्त्री ओलि निकटको व्यक्ति भनेर चिनिने भएपनि थापा सबैलाई सहयोग गर्ने मान्छे भएको उल्लेख गरे ।
