sevenstartv.com २० वैशाख २०८३, आइतवार

सरकारले पीडितको रकम फिर्ताको प्रत्याभुति तत्काल दिनुपर्छ : सहकारी पीडित महासंघ

१५ भदौ २०८१, शनिवार स्टार संवाददाता

सहकारी पीडित वचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले तत्काल पीडितको रकम फिर्ता दिने प्रत्याभुति दिलाउन सरकारसँग माग गरेको छ । 

शनिवार सिंहदरबारमा  सहकारी संस्था वचत रकम दुरुपयोग संसदीय छानविन विशेष समितिले बोलाएको छलफलमा महासंघका पदाधिकारीहरुले सरकारसँग सो माग गरेका हुन् । 

उनीहरुले सहकारी पीडितहरुको मागलाई सहज ढंगले बुझिदिन पनि आफूहरुलाई आग्रह गरेको समितिका सभापति सूर्यबहादुर क्षेत्री थापाले जानकारी दिए । 

छलफलमा कान्तिपुर, गौतमश्री, लालीगुराँस, देउराली, गुडवील जस्ता सहकारीका वचतकर्ताहरु पनि उपस्थित भएको र उनीहरुबाट पीडितको माग सम्बोधन गर्नका लागि आफूहरुलाई सहज भएको अनुभुति भएको पनि विशेष समितिले जनाएको छ । 
महासंघमा आवद्ध सहकारी पीडितहरुले आफूलाई ठगी गरेको सहकारीमा धर्ना, अनसनलगायतका विरोधका कार्यक्रमलाई निरन्तरता दिँदै आएका छन ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्