प्रचण्डलाई ओलीको प्रश्न- मैले १७ हजार मान्छे मारेको छु र खुट्टा कमाउने ?
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा बंगलादेश र श्रीलङ्काको जस्तो अवस्था नआउने बताएका छन् ।
काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले बंगलादेश र श्रीलङ्काको घटनाबाट सिक भन्ने अर्ति, उपदेश दिएको भन्दै मैले १७ हजार मान्छे मारेको छु र खुट्टा कमाउने ? भनि प्रश्न गरे । उनले आफूले लुटपाट नगरेको भन्दै खुट्टा कमाउनु नपर्ने बताए ।
उनले दाहाल आफैँलाई बंगलादेश र श्रीलङ्काबाट सिक्न आग्रह गरे । उहाँले नेपालमा बेथिति चलाउन नसिकिने भन्दै बंगलादेशमा जे भयो नेपालमा पनि त्यही हुन नेपाल कुनै देशको फोटोकपी मेसिन नभएको बताए ।
उनले वर्तमान व्यवस्था आफूहरुले लडेर ल्याएको भन्दै यसको विकास र परिमार्जन गर्दै लाने बताए । उनले नेपालमा अब कुनैपनि प्रकारको हिंसा सम्भव नभएको बताए ।
प्रधानमन्त्री ओलीले आफ्नो प्रधानमन्त्रीको कार्यकाल १ वर्ष १० महिना १५ दिन मात्रै बाँकी रहेको बताए । उनले त्यसभन्दा हप्ता दिन अगाडी नै प्रधानमन्त्री पद छोड्ने बताए । उनले आफूलाई बढी प्रधानमन्त्री पद खाने भन्दा पनि समयमै हस्तान्तरण गरौँ भन्ने लागिरहेको बताए ।
कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले नेकपा (एमाले) र नेपाली काँग्रेसका बीचमा भएको सात बुँदे सहमती क्याप्टेन रामेश्वर थापाको घरमा गरेको बताए । उनले क्याप्टेन थापाको विभिन्न व्यवसायहरु भएपनि व्यवसाय मात्रै चलाएर नबसेको भन्दै उहाँ सचेत नागरिक समेत भएको बताए ।
