sevenstartv.com २० वैशाख २०८३, आइतवार

आजका प्रमुख सात समाचार

१५ भदौ २०८१, शनिवार स्टार संवाददाता

काठमाडौैं ।

प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा बंगलादेश र श्रीलङ्काको जस्तो अवस्था नआउने बताएका छन् । 

काठमाडौंमा आयोजित एक कार्यक्रम बोल्दै उहाँले आफूले लुटपाट नगरेको भन्दै खुट्टा कमाउनु नपर्ने बताए ।
 
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले बंगलादेश र श्रीलङ्काको घटनाबाट सिक भन्ने अर्ति, उपदेश दिएको भन्दै उहाँले आफूले १७ हजार मान्छे नमारेको तर्क गरे ।

दाहाल आफैँलाई बंगलादेश र श्रीलङ्काबाट सिक्न आग्रह गर्दै प्रधानमन्त्री ओलीले नेपालमा बेथिति चलाउन नसिकिने भन्दै बंगलादेशमा जे भयो नेपालमा पनि त्यही हुन नेपाल कुनै देशको फोटोकपी मेसिन नभएको बताए । 

अहिलेको व्यवस्था आफूहरुले लडेर ल्याएको भन्दै यसको विकास र परिमार्जन गर्दै लाने र अब नेपालमा कुनैपनि प्रकारको हिंसा सम्भव नभएको जिकीर गरे ।

प्रधानमन्त्री ओलीले आफ्नो प्रधानमन्त्रीको कार्यकाल १ वर्ष १० महिना १५ दिन मात्रै बाँकी रहेको बताए । उनले त्यसभन्दा हप्ता दिन अगाडी नै प्रधानमन्त्री पद छोड्ने बताए । 

शेरबहादुर देउवा

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सत्ता गठबन्धन बनाउन क्याप्टेन रामेश्वर थापाको ठूलो योगदान रहेको बताएका छन् । 

शनिवार काठमाडौंमा क्याप्टेन रामेश्वर थापाद्वारा लिखित एक पुस्तकको विमोचन कार्यक्रममा बोल्दै सभापति देउवाले क्याप्टेन रामेश्वर थापाले आफू र प्रधानमन्त्री ओलीलाई नजिक ल्याउने काम गरेको बताए । 

क्याप्टेन थापा सबैलाई सहयोग गर्ने व्यक्ति भएको भन्दै प्रशंसा गरे ।

उनले क्याप्टेन थापालाई प्रधानमन्त्री ओलि निकटको व्यक्ति भनेर चिनिने भएपनि थापा सबैलाई सहयोग गर्ने मान्छे भएको उल्लेख गरे ।

कांग्रेस महामन्त्री

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले दुई पटक मात्रै प्रधानमन्त्री बन्ने प्रश्ताव आईतवार बन्ने केन्द्रिय समितिको बैठकबाट पास हुने दाबी गरे । 

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले केन्द्रिय समितिको बैठकमा आफूले एक पटक राष्ट्रपति र दुई पटक मात्रै प्रधानमन्त्री बन्न पाउने नीति प्रस्ताव गरेको बताए । 

प्रधानमन्त्री जतिसुकै लोकप्रिय बनेपनि उसले दुई पटक भन्दा बढी बन्न नपाउने व्यवस्था हुनुपर्ने बताए । 

यता अर्का महामन्त्री गगन थापाको प्रस्ताव भने परिमार्जनसहित आइतबार बैठकमा पेस गर्ने सहमति जुटेको छ । बुढानीलकण्ठमा बसेको बैठकले सहमति जुटाएको हो । शर्माको प्रस्तावमा तत्काल छलफल हुने सम्भावना कम देखिएको छ । 

सुरक्षा परिषद्

राष्ट्रिय सुरक्षा परिषद्को छैटौँ र सातौँ वार्षिक प्रतिवेदनको मस्यौदा संशोधनसहित स्वीकृत भएको छ ।

प्रधानमन्त्री एवं राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा गत आइतबार बसेको परिषद्को ३४औँ बैठकले आव २०७९–८० र आव २०८०–८१ को वार्षिक प्रतिवेदनको मस्यौदालाई संशोधनसहित स्वीकृत गरेको परिषद् सचिवालयले जनाएको छ । बैठकले संविधानबमोजिम उक्त प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गर्ने निर्णय गरेको छ ।

बैठकमा वर्तमान अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय सुरक्षा वातावरणसम्बन्धी समीक्षा भएको थियो । 

विष्णु पौडेल

उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले विकास निर्माणका काममा सत्ता पक्ष प्रतिपक्षसँग सँगसँगै हिँड्नुपर्ने बताएका छन् । 

बुटवलमा लुम्बिनी प्रदेश गौरवको आयोजना लुम्बिनी प्रादेशिक अस्पतालको अत्याधुनिक भवनको शिलान्यास गर्दै अर्थमन्त्री पौडेलले विकासका काममा सत्ता र प्रतिपक्ष मिलेर काम गर्ने बताए । विकास सवैका लागि भएकोले त्यसमा सत्ता पक्ष र प्रतिपक्ष सबैले मिलेर जानुको विकल्प नभएको उनको भनाइ थियो । 

उनले आयोजना  सम्पन्न  गर्नका लागि जनस्तरबाट निगरानी गर्नुपर्ने भन्दै  समयमै  निर्माणको काम सक्न निर्माण कम्पनीलाई निर्देशन पनि दिए । अस्पतालको निर्माण  ठेक्का  समयमै काम सकेर स्याबासी कमाउन प्रदेश सरकार, प्रदेश पूर्वाधार विकास प्राधिकरण र निर्माण कम्पनीलाई उनले आग्रह गरे । 

कर्णाली राजमार्ग

चार दिनदेखि कर्णाली राजमार्ग अवरुद्ध हुँदा करोडौँको स्याउ अलपत्र परेको छ ।

कालीकोटको गगनेखोला, एसमोड, दैलेखको मालाचौर, दहीखोलामा आएको पहिरोले सडक अवरुद्ध भएको हो ।

हुम्ला, मुगुबाट सुर्खेत नेपालगञ्ज स्याउ बोकेर हिँडेका सयौँको सङ्ख्याका गाडी तथा यात्री बस कालीकोट र दैलेख खण्डको सडकमा अलपत्र अवस्थामा छन् । 

कालीकोट शुभकालिकाका गाउँपालिका–१ स्थित गगनेखोला सडकको पहिरो हटाउन यहाँ उपलब्ध स्रोतसाधनका साथै जुम्ला सडक डिभिजन कार्यालयसँग आवश्यक समन्वय गरी काममा तीव्रता दिइएको जिल्ला प्रशासन कार्यालय कालीकोटमा प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले जानकारी दिए ।

करोडौँको स्याउ अलपत्र पर्दा यसबाट स्याउ व्यापारीहरु चर्को मारमा परेका छन् ।

पलेसालाई बधाइ

पेरिस पाराओलम्पिकमा नेपालका लागि ऐतिहासिक कांस्य पदक जितेकी पलेशा गोवर्धनलाई शीर्ष नेताहरुले बधाइ दिएका छन् ।

नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालबाटै खुशी साट्नुभएको छ । 

पेरिस पाराओलम्पिकमा नेपालले कांस्य पदक प्राप्त गरेको छ, पदक दिलाउन सफल तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई बधाइ’ प्रधानमन्त्री उनले लेखेका छन् । 

शुक्रबार राति के ४४ क्याटागोरी अन्तर्गत महिला ५७ केजी मुनि तौलमा सर्बियाकी मारिया मिसेभलाई १५–८ ले हराएँदै नेपाललाई गोवद्र्धनले ऐतिहासिक पद दिलाएकी छन् ।

गोवद्र्धनलाई सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतले बधाइ दिएका छन् ।

यस्तै, सरकारले पलेशा गोवर्धनलाई ६५ लाख रुपैयाँ पुरस्कार रकम उपलब्ध गराउने भएको  छ। राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ का अनुसार व्यक्तिगत प्रतिस्पर्धामा ओलम्पिक खेल÷ग्रीष्मकालीन÷शीतकालीन÷पारा÷विशेष तथा र विश्वकप फुटबलमा कांस्य जित्ने खेलाडीलाई ६५ लाख रुपैयाँ पुरस्कार दिनुपर्ने हुन्छ ।

नियमावली अनुसार पलेशाका प्रशिक्षक कविराज नेगी लामाले ५ लाख र नेपाल तेक्वान्दो संघले ११ लाख ७० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । 

राखेप नियमावली २०७९ अनुसार व्यक्तिगततर्फ स्वर्ण विजेता खेलाडीले १ करोड ३० लाख र रजत जित्ने खेलाडीले ९७ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्