sevenstartv.com २० वैशाख २०८३, आइतवार

गण्डकी प्रदेशमा देखिएको सत्तारुढ दलहरू बीचको किचलोप्रति सञ्चारमन्त्रीको असन्तुष्टि

१५ भदौ २०८१, शनिवार स्टार संवाददाता

काठमाडौं ।लामो समयसम्म पनि सरकार विस्तार हुन नसकेको विषयलाई लिएर उनले असन्तुष्टि व्यक्त गरेका हुन् ।

शनिबार पोखरामा उनले, ‘कहीँ नभएको जात्रा गण्डकीमा भएको’ बताए । गण्डकी सरकार विस्तार र भागबन्डाका विषयमा पत्रकारले सोधेको प्रश्नमा उनले भने, ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा भन्थे अहिले गण्डकीमा भएको छ ।’

उनले असन्तुष्टि व्यक्त गरेको मुख्य विषय यसअघिकै सरकारमा सहभागी भएका दिपक मनाङे र फणीन्द्र देवकोटालाई पुनस् सरकारमा सहभागी गराउनु हो ।

बिहीबारमात्रै कांग्रेस(एमालेबीच ९ मन्त्रालय बनाउने सहमति हुँदा उनीहरू दुवै मन्त्री कायमै हुने भएका छन् ।

उनले केन्द्रकै समीकरण अनुसार प्रदेश सरकार गठन हुनुपर्ने भन्दै दुस्खमा साथ दिएको भनेर समीकरणभन्दा बाहिरकोलाई मन्त्री बनाउन नहुने तर्क गरे ।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गलत काम गरिरहेको बताउँदै मन्त्री गुरुङले गण्डकी सरकार कसैको निजी कम्पनी नभएको बताए ।

‘मलाई दुस्खमा साथ दिएको भन्नुहुन्छ । यो उहाँको निजी शासन हो र रु उहाँले प्राइभेट कम्पनी चलाएको होइन होला नि १’, उनले भने, ‘अहिले त माथिको समीकरण हुनुपर्छ । उहाँले त अगाडिको प्रणाली चलाइरहनु भएको छ, यो गलत कुरा हो ।’

मुख्यमन्त्री पाण्डेले आफूलाई साथ दिएका व्यक्तिलाई मन्त्री कायमै राख्न चाहेको भए कांग्रेसकै भागबाट राख्न सुझाव दिए ।

उनले मन्त्रीको संख्या बढाउन भएको सहमतिमा पनि असन्तुष्टि व्यक्त गरेका छन् ।

मधेशमा २० बाट ११ को संख्यामा झारिसकेको अवस्थामा गण्डकीमा ७ सदस्यीय मन्त्रिपरिषद् हुनुपर्ने उनले बताए ।

उनले त्यसभन्दा माथि कांग्रेस(एमालेलाई ४र४ हुने गरी ८ सम्म पुग्न सकिने बताए । ‘७ भन्दा बढी नबढाउने भनेको हो । मधेशमा २० बाट ११ मा झारिसक्यो । यहाँ पनि झार्नु पर्‍यो, ‘ उनले भने, ‘पहिले सहमति गर्ने ४र४ भाग पर्‍यो भने त्यसभित्रबाटै उहाँले मिलाउने हो । यसमा हाम्रो धेरै टाउको दुखाई छैन ।’

यसअघि कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्री हुँदा बनाइएको १२ वटा मन्त्रालयलाई एमालेका खगराज अधिकारी आएपछि ७ वटामा झारेका थिए ।

त्यसपछि २ पटकसम्म सर्वोच्चमा मुद्दा दायर गरेर ठूलो दलको नेताका हिसाबले अदालतको आदेशअनुसार नै नियुक्त भएका मुख्यमन्त्री पाण्डेले दीपक मनाङे र फणीन्द्रको सहयोगमा विश्वासको मत पाएका थिए ।

मुख्यमन्त्री पाण्डेले तिनै फणीन्द्र र मनाङेलाई जसरी पनि मन्त्री कायमै राख्नखोज्दा सत्तारुढ दलबीच भागबन्डामा सहमति हुनसकेको थिएन । उनीहरू दुवैजना केन्द्रको सत्ता समीकरण बाहिरका सांसद हुन् ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्