यो सत्ता समीकरण ०८४ सम्मै जान्छ,सत्ता समीकरणबारे प्रश्न उठाउनुपर्ने कुनै कारण छैनः सञ्चारमन्त्री गुरुङ
सत्ता समीकरणबारे प्रश्न उठाउनुपर्ने कुनै कारण छैनः
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले वर्तमान सत्ता समीकरण आगामी आम निर्वाचनसम्म जाने बताएका छन् ।
अहिले सत्ता समीकरणबारे प्रश्न उठाउनुपर्ने कुनै कारण नभएको बताउँदै उनले समीकरण भत्किने कारण नभएको बताएका हुन् ।
पोखरामा आज बिहान पत्रकारसम्म कुराकानी गर्दै उनले, ‘हाम्रो सरकार के कारणले ढल्छ रु सरकार चलाउनको लागि तेस्रो पार्टी चाहिएकै छैन। त्यसैले सरकार ढल्ने कुरै छैन ।’
उनले सत्ता समीकरणका प्रमुख दल कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओली मिल्नेबेलासम्म केही नहुने बताए ।
उनीहरूबीच नै फाटो आउनसक्छ कि रु भन्ने प्रश्नमा मन्त्री गुरुङले माओवादीतर्फ संकेत गर्दै ३२ सिटको म्याजिक नम्बरले दुवै नेतालाई ठगेकोले त्यस्तो नहुने दाबी गरे ।
अहिलेको सरकारले लामो समयदेखि बाँकी रहेको संक्रमणकालीन न्यायको विषय पनि टुंग्याएको भन्दै यसले पनि सरकार ०८४ सम्मै टिक्ने संकेत गरेको बताए ।
