sevenstartv.com २० वैशाख २०८३, आइतवार

नेपाली कांग्रेसको पूर्व तथा वर्तमान पदाधिकारी बैठक जारी

१५ भदौ २०८१, शनिवार स्टार संवाददाता

बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको प्रस्तावमा सहमति खोजिने नेताहरूले जनाएका छन् । महामन्त्री थापाको चुनावपूर्वको गठबन्धन र अर्का महामन्त्री शर्माको बहिर्गमनको नीतिको प्रस्तावमाथि छलफलपछि सहमति खोजिने छ ।

यस प्रस्तावबारे सभापति देउवाले महामन्त्रीद्वय थापा–शर्मासँग पटक–पटक छलफल गर्नुभएको छ  । तर, सहमति जुटेको छैन । सभापति देउवाले दुवै प्रस्तावमा आवश्यक संशोधन गर्न चाहनुभएको छ भने महामन्त्रीद्वय आफ्नो प्रस्तावकै अडानमा हुनुहुन्छ । यसपछि पूर्व तथा वर्तमान पदाधिकारीको बैठक बोलाइएको हो । आइतबार कांग्रेसको केन्द्रीय समिति बैठक बस्दैछ । महामन्त्रीद्वयको प्रस्तावमा आवश्यक संशोधन गरेर भोलि बस्ने बैठकबाट उक्त प्रस्ताव पारित गरेर जाने जनाइएको छ ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्