sevenstartv.com १९ वैशाख २०८३, शनिवार

संविधान संशोधन हुनसक्ने अवस्था छ : सभापति देउवा

१४ भदौ २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका सभापति  शेरबहादुर देउवाले संविधान संशोधन हुनसक्ने अवस्था रहेको बताएका छन् । 

काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले कतिपय कुराहरु संशोधन गर्नुपर्ने र आवश्यक परेको समयमा संविधान संशोधन हुने अवस्था रहेको बताएका हुन् । उनले सबैले आवश्यक ठानेको खण्डमा संशोधन हुने स्पष्ट पारे ।

 सभापति देउवाले अहिलेको संविधान समावेशी रहेको उल्लेख गर्दै समानुपातिकतालाई अझै राम्रो गर्नेगरी संशोधन गर्ने बताए । उनले निर्वाचनबाट जितेर आउन नसक्नेहरु पनि रहेकाले उनीहरुको समावेशिताका लागि पनि समानुपातिकतालाई अझै राम्रो अध्ययन गरी संशोधन गर्ने बताए । संविधानका आधारभुत कुराहरु संशोधन गर्न नमिले पनि अन्य कुरामा अझ राम्रो गर्नेगरी संशोधन गर्ने बताएका छन् । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्