लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) बन्न ८ जनाले दिए आवेदन
काठमाडौं । लगानी बोर्ड नेपालको प्रमुख कार्यकारी अधिकृत (सीईओ) बन्न ८ जनाले आवेदन दिएका छन् । तत्कालीन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका पूर्वसीईओ सुशील ज्ञवालीसहित ८ जनाले आवेदन दिएका हुन् ।
यसअघि सीईओ सुशील भट्टले आफ्नो चार वर्षको कार्यकाल पूरा गरी साउन २१ मा विदा हभएका थिए । गत साउन २८ मा समितिले सार्वजनिक सूचना निकाल्दै सीईओको आवेदन माग गरेको थियो ।
अब आवेदन दिएकाहरुको रणनीति र कार्ययोजनाको प्रस्तुतीकरण र अन्तर्वार्ताको आधारमा मूल्यांकन गरिनेछ । मूल्यांकनबाट प्राप्त हुने अंकको आधारमा सबैभन्दा बढी अंक पाउने ३ जनालाई सर्टलिस्ट गरी समितिले नियुक्तिका लागि सरकारसमक्ष सिफारिस गर्नेछ । सोसँगै सोही सिफारिसअनुसार सरकारले एक जनालाई बोर्ड सीईओ नियुक्त गर्नेछ ।
