sevenstartv.com १९ वैशाख २०८३, शनिवार

जनयुद्धलाई हेपेर नबोल्न एमालेलाई प्रचण्डको चेतावनी

१४ भदौ २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धलाई हेपेर नबोल्न नेकपा एमालेलाई चेतावनी दिएका छन् । पार्टीको कर्णाली प्रदेश परामर्श बैठकमा सहभागी हुन सुर्खेत पुगेका प्रचण्डले अहिले हिंसा शब्द प्रयोग गर्ने कुनै बेला जनयुद्धको नै प्रशंसा गरेको बताएका हुन् । 

उनले विस्तृत शान्ति सम्झौतादेखि संविधानमा उल्लेख भएका शब्दको मर्मबाहिर जानेगरी अभिव्यक्ति नदिन सचेत समेत गराए । उनले भ्रष्टाचार र बेथितिलाई जोगाउँदै सरकार अघि बढे सदन र सडकबाट प्रतिवाद गरिने पनि बताएका छन्  । उनले पछिल्लो समय कसको चाहनामा र कसरी सरकार निर्माण भयो भन्ने हरेक घटनाक्रममा जनता प्रष्ट रहेको उल्लेख गरे । 

अघिल्लो सरकारले अघि बढाएको भ्रष्टाचारको छानबिनलाई सामसुस पार्ने खेल भइरहेकाले यसविरुद्ध सदन र सडकबाट आवाज घनिभूत गराउने उनको भनाई छ । सरकार पहिलो र दोस्रो दल मिलेको संसारमको संसदीय इतिहास नभएको उल्लेख गर्दै प्रचण्डले गलत कुरालाई चोख्यान गरिएका सबै खालका क्रियाकलापको साक्षी भएर माओवादी नबस्ने बताए । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्