चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेश डीसी नियुक्त
काठमाडौं । चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेशराज दाहाल (डीसी) नियुक्त भएका छन् ।
सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले डिसीलाइ बोर्डको अध्यक्षमा नियुक्त गरेको हो ।
फिल्म निर्देशक, अभिनेता तथा सञ्चारकर्मी डीसी सत्तारुढ दल नेकपा एमाले निकट जनपक्षीय चलचित्रकर्मी संघका अध्यक्ष हुन् ।
