sevenstartv.com १९ वैशाख २०८३, शनिवार

दुर्घटना रोक्न एक महिना सडकसञ्जालन बन्द गरी अध्ययन गर्नुपर्छ : वामदेव गौतम

१३ भदौ २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले नदी छेउका सडक करिडोरमा हुने दुर्घटना रोक्न एक महिना सडकसञ्जालन बन्द गरी अध्ययन गर्नुपर्ने बताएका छन् ।

बिहीबार राष्ट्रिय सभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले सो समयमा हवाई यातायातको प्रयोग गर्नुपर्ने र हवाई यातायातलाई कसरी सबैभन्दा सस्तोमा सेवा दिने र कतिसम्म दिन सकिन्छ रु भन्नेकुराको निर्धारण सरकारले गर्नुपर्ने बताए । 

उनले नेपालको भूगर्भिक अवस्थाको अध्ययन नगरी निर्माणका जथाभावी काम गर्नाले आज प्रतिदिन नेपाली नागरिक र नेपाल भ्रमणमा आउने विदेशी नागरिकको मृत्यु भइरहेको बताएका छन्  । उनले सडकका कारण हुने दुर्घटना पत्ता लगाउने घटनाको सबै कोणबाट विश्लेषण हुनुपर्ने बताए । 

उनले अहिले उत्पन्न भएका समस्या ८० प्रतिशत भूगर्भिक र २० प्रतिशत मानवीय रहेको बताए । उनले प्रकृतिप्रदत्त संरचनाहरुको यथार्थ जानकारी प्राप्त गर्न चीन, इजरायलबाट त्यस सम्बन्धी ज्ञान भएका वैज्ञानिकहरुलाई नेपालमा केही समयका लागि बोलाउन आग्रह गरेका छन् । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्