sevenstartv.com १९ वैशाख २०८३, शनिवार

'भ्रष्टाचार नियन्त्रण गरी मुलुकमा सुशासन कायम गर्न वर्तमान सरकार बनेको हाे'

१३ भदौ २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं । राष्ट्रियसभा सदस्य तुलसाकुमारी दाहालले आम जनताको चाहना बमोजिम राष्ट्रिय हितको रक्षा गर्न, भ्रष्टाचार नियन्त्रण गरी मुलुकमा सुशासन कायम गर्न वर्तमान सरकार बनेको बताएकी छन् । 

आज राष्ट्रिय सभा बैठकमा उनले राजनीतिक दलको समीकरण फेरिएर नयाँ सरकार बन्नुलाई नौलो विषयका रुपमा लिन नहुने बताएकी हुन् । उनले दुई ठूला राजनीतिक दलहरु मिलेर शान्ति र स्थायित्वका लागि बनाएको सरकारप्रति आत्तिनुपर्ने कुनै कारण नरहेको बताइन् ।

उनले कांग्रेस र एमाले सहकार्यका विषय र सन्दर्भलाई लिएर टिकाटिप्पणी गर्नु, नकारात्मक सन्देश प्रवाह गर्नु, कतिपय व्यक्तिको पेशा र धर्म बनेको बताएकी छन् । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्