sevenstartv.com १९ वैशाख २०८३, शनिवार

माओवादी अध्यक्ष दाहालले नेपाल बंगलादेश वा श्रीलंका बन्छ भनेर धम्काए : महामन्त्री थापा

१३ भदौ २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री समेत रहेका सांसद् गगन कुमार थापाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपाल बंगलादेश वा श्रीलंका बन्छ भनेर धम्काएको बताएका छन् । 

आज प्रतिनिधिसभाको बैठकमा उनले ११ गतेको संसद बैठकमा धर्ममा विश्वास नगर्ने दाहालले श्राप दिएको त हैन होला भन्ने टिप्पणी गरेका हुन् । 

‘यत्रो वर्ष देश चलाएर आएका नेताले यत्रो महत्त्वपूर्ण दलले ख्याल गर्नुपर्छ भने उ सरकारको मात्र अपोजीसन हो । यो सिस्टमको भाग हो‚’ उनले भने‚‘क्षणिक कुरा पुरा गर्न र अन्तर्विरोधमा खेल्न यति धेरै बरालिनु हुन्न कि आफैँले लगाएको आगोले आफैलाई जलाउँछ ।’

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्