sevenstartv.com १९ वैशाख २०८३, शनिवार

नेपाललाई हिन्दु राष्ट्र बनाउन सांसद् साहकाे माग

१३ भदौ २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं । नेकपा एमालेका सांसद् किरणकुमार साहले नेपाललाई हिन्दु राष्ट्र बनाउन माग गरेका छन् ।

आज प्रतिनिधिसभाको बैठकमा उनले संविधानले उन्नति र पहिचान नदिएकाले संशोधन गरी हिन्दु राष्ट्र बनाउन माग गरेका हुन् । 

‘हाम्रो सामु प्रश्न खडा भएको छ । हामीले सोचेका थियौँ, हाम्रो संविधान संविधानसभामार्फत आफैँ लेख्यौँ,’ उनले भने, ‘सबै नेताहरूले यसलाई विश्वको उत्कृष्ट संविधान भने तर, यो संविधानले उन्नति नै दिइराखेको छ । न त पहिचान त्यसैले संविधान संशोधन गरी नेपाललाई सनातन हिन्दु राष्ट्रको पहिचान दिऔँ ।’

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्