मन्त्रिपरिषद् बैठक बस्दै
काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ । बैठक साँझ ५ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बस्न लागेको हो ।
बैठक नियमित भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बताए । नयाँ मुख्यसचिव नियुक्त गर्न सक्ने जनाइएको छ । मुख्यसचिव लिलादेवि गड्तौला ३५ दिने पदावधि भदौ १५ गते समाप्त हुँदैछ । एक महिना अघि मुख्य सचिव बनेकी गड्तौला उमेर हदका कारण अनिवार्य अवकाशमा जान लागेकी हुन् ।
मुख्यसचिव प्रधानमन्त्रीकै विश्वास पात्र हुने भएका कारण ओलीले जो चाहन्छन्, त्यो नै मुख्यसचिव बन्ने छन् । अहिले मुख्यसचिवको दौडमा राष्ट्रिय योजना आयोगका सचिव डाक्टर तोयानारायण ज्ञवाली, गृहसचिव एकनारायण अर्याल र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका सचिव दिनेश भट्टराई प्रतिस्पर्धामा छन् ।
