राष्ट्रिय सभाको बैठक बस्दै
काठमाडौं । राष्ट्रिय सभाको बैठक आज बस्ने भएको छ । बैठक दिउँसो सवा १ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ ।
बैठकमा विधायन व्यवस्थापन समितिकी सभापति जयन्तीदेवी राईले ‘विधायन व्यवस्थापन समितिको वार्षिक प्रतिवेदन २०८०/८१’ सभासमक्ष पेस गर्ने कार्यसूची छ ।
कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले ‘नेपाल कानून व्यवसायी परिषद (दोस्रो संशोधन) विधेयक, २०८१ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव सभा समक्ष प्रस्तुत गर्नेछन् ।
